यूनियन लाइफको वार्षिक साधारण सभा आह्वान

0
Shares

यूनियन लाइफ इन्स्योरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थ नगरपालिका, रुपन्देहीमा बिहान १०ः०० बजेका लागि सभा बोलाएको हो । बैशाख १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो ।

सभाले स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव साधारण सभाले पारित गर्नेछ । यसैगरी आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव सभामा पेश हुनेछ ।

हाल बाहलवाला लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टस् लाई नै पुनः नियुक्त गर्ने प्रस्ताव छ । कम्पनीले कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव सभामा लैजादै छ ।

कोभिड १९ को प्रभावका कारण वार्षिक साधारणसभामा शेयरधनीहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आधिकारिक परिचयपत्रका साथमा उपस्थित हुन सकिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।