
एनआरएन इन्फ्रास्टक्चरको एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।
कम्पनीले गत आर्थीक वर्षको मुनाफाबाट वितरण गरेको चुुक्ता पूँजीको २.८५ प्रतिशत बराबरको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर मंगलबार सूचीकृत भएको हो ।
सूचीकृत भएसँगै उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
उक्त बोनस शेयर साधारण सभाका लागि बुकक्लोज मितिसम्म कायम रहेका शेयरधनीले बोनस शेयर खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन् ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि गत माघ १२ गते बुकक्लोज मिति तोकेको थियो । यसअनुसार माघ ११ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र कम्पनीको बोनस पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया