एलआईसी नेपालको आज हुने साधारण सभाले एक अर्ब बढीको लाभांश पारित गर्ने

0
Shares

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको आज हुने १७ औं वार्षिक साधारण सभाले ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

कम्पनीको साधारण सभा नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डपमा बिहान साढे ९ बजे बाट सुरु हुनेछ ।

साधारण सभामा कम्पनीले चुक्ता पूँजीको ३५.५३ प्रतिशतका दरले ५३ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश र ३४.४६ प्रतिशतका दरले ५१ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस शेयर गरी कुल ७० प्रतिशतको दरले एक अर्ब ४ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

एलआइसीले वार्षिक साधारण सभा गर्न साउन ९ देखि २४ गतेसम्म बुक क्लोज गरेको छ । साउन ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित ७०% लाभांश पाउनेछन् । कम्पनीको प्रस्तावित ३४.४६% बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी कम्पनीले आफ्नो जारी, अधिकृत तथा चुक्ता पूँजी शिर्षकहरुमा रहेको एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार रुपैयाँलाई वृद्धि गरी २ अर्ब एक करोड रुपैयाँ पुर्याउने र सोही अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने विशेष प्रस्ताव समेत सभामा लैजादै छ ।

यस्तै कम्पनीमा १ जना स्वतन्त्र सञ्चालक र कम्तीमा एक जना महिला सञ्चालक सहित ६ जना सञ्चालकहरु रहने प्रस्ताव समेत साधारण सभाबाट पारित गर्ने भएको छ ।