युनिक नेपाल लघुवित्तको नाफा ७६ प्रतिशतले बढ्यो

0
Shares

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चैत मसान्तसम्ममा ७ करोड ९४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा लघुवित्तले ४ करोड ५१ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको नाफा ७६.१० प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी ९ करोड ६८ लाख २० हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १०.९४ रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १९ करोड १५ लाख रुपैयाँ छ भने कम्पनीको खराब कर्जा अनुपात ४.२६ प्रतिशत छ ।

कोहलपुर बाँकेमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले चैत मसान्तसम्म आइपुग्दा लघुवित्तले २ अर्ब १८ लाख निक्षेप संकलन तथा ५७ करोड २३ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ०५ करोड ५१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले १८ करोड ६९ लाख खुद ब्याज आम्दानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।