सिर्जना फाइनान्सलाई २७ करोड ६४ लाख बराबरको हकप्रद बिक्री गर्न अनुमति

0
Shares

सिर्जना फाइनान्सले नेपाल धितोपत्र बोर्डबाट कुल २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने अनुमति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्नेछ ।

हाल फाइनान्सको चुक्ता पुँजी ४६ करोड ८ लाख रुपैयाँ छ । १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर बिक्री गरेपछि चुक्ता पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा कम्पनीले १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा कायम गरेको छ । जसको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा छ ।