सुनको भाउ तीन लाखबाट तल झर्यो, चाँदीमा पनि गिरावट


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य ३ लाख रुपैयाँबाट तल झरेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो । ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २९५.३८ अमेरिकी डलर र चाँदी ६३.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।