करदाता प्रोत्साहन उपहार कार्यक्रम : आज ३३ जना विजेता छनोट हुँदै


काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट आज हुने भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गर्न लागिएको हो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही रु एक लाख पाउनेछन् । साथै २ जना बम्पर उपहार पाउनेले जनही १० लाख रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।