काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार आएको छ । बिहीबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका ३३९ कम्पनीका १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयरहरू ५१ हजार ७२८ पटक किनेबच हुँदा ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार नेप्से २१.१९ अंकले घटेर २६१२.१२ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ३२ करोड ५० लाख रुपैयाँ कायम भएको थियो ।
बिहीबार लगानी समूह ०.१८ र अन्य समूह ०.८१ अंकले घट्दा अरु सबै उपसुचकमा हरियाली देखिएको छ ।
धौलागिरी लघुवित्तको सेयर मूल्य १२.४३ प्रतिशतले बढेको बजारमा नारायणी विकास बैंकको सेयर मूल्य ६.४४ प्रतिशत र माउन्टेन हाइड्रोको सेयर मूल्य ५.५१ प्रतिशतले बढेको छ ।
यता, हाथवे इन्भेष्टमेन्टको नेपालको सेयर मूल्य सर्वाधिक २.९७ प्रतिशतले घट्दा सानीमा लार्ज क्याप फण्डको इकाई मूल्य २.९५ प्रतिशतले घटेको छ ।
बिहीबार कारोबार रकमको आधारमा सिद्धार्थ बैंक ३३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहँदा ७ लाख ५६ हजार ९२२ इकाई र १ हजार ८५१ पटकको कारोबार सहित सोहि बैंक अग्रस्थानमा रहेको छ ।






प्रतिक्रिया