अष्ट्रेलियालीको आप्रवासन नीतिमा कडाइ


अष्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तरराष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने जनाएको छ ।

गृह मामिलामन्त्री टोनी बर्कले बिहीबार राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै आप्रवासन नियममा परिवर्तन भएकोे पुष्टि गर्दै चालू आर्थिक वर्षमा शुद्ध विदेशी आप्रवासन २ लाख ४५ हजार र सन् २०२७–२८ मा दुई लाख २५ हजार कटौती गर्ने बताए।

यो घोषणा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको नयाँ तथ्याङ्कसँग मिल्दोजुल्दो थियो जसले गत मार्चमा शुद्ध विदेशी आप्रवासनले राष्ट्रिय जनसङ्ख्यामा २ लाख ९२ हजार १०० मानिस थपेको देखायो, जुन अघिल्लो १२ महिनामा ३ लाख ९ हजार ५०० थियो ।

बर्कले घोषणा गरेका परिवर्तन अन्तर्गत, अष्ट्रेलियामा अध्ययन गर्न आएका र भिसा अवधि वाँकी भएका अन्तरराष्ट्रिय विद्यार्थीले अब स्वचालित रूपमा पहिलेको जसरी आफ्नो परिवार ल्याउन पाउने छैनन् ।

सरकारी तथ्याङ्कअनुसार अस्ट्रेलियाले सन् २०२५–२६ मा  तीन लाख ३७ हजार ४२७ विद्यार्थी भिसा प्रदान गरेको थियो, जसमध्ये ४५  हजार ९९१ जना आश्रित वा प्राथमिक आवेदकका परिवारका सदस्यका लागि थियो ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।