काठमाडौँ । यस वर्ष पढ्न विदेश जानेले लग्ने रकममा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८३ मा १० अर्ब ८० करोड व्यय छ । शिक्षातर्फको व्यय १४ अर्ब ३१ करोड थियो ।
यता, नेपालमा पर्यटकले गर्ने खर्च सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८३ मा भ्रमण आय ५ अर्ब ४३ करोड छ । गत वर्ष साउनमा ५ अर्ब ४१ करोड सेवा आय थियो । यस वर्ष भ्रमण व्यय २६।६ प्रतिशतले गिरावट आएको छ ।
साउनमा १५ अर्ब ९२ करोड रुपैयाँ बराबर भ्रमण व्यय भएको छ । गत आव सोही अवधिमा भ्रमण व्यय २१ अर्ब ७० करोड रहेको थियो ।
भ्रमण आयको तुलनामा व्यय माथि हुँदा सेवा खाता भने घाटामा छ । यस्तो खाता १० अर्ब ८२ करोड छ । अघिल्लो वर्ष सोही अवधिमा खुद सेवा आय १३ अर्ब २४ करोडले घाटामा थियो ।






प्रतिक्रिया