काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार ८६ हजार ३२० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।
सो निष्काशनमा २३ लाख ५१ हजार ५६० जनाले २ करोड ६२ लाख ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ५ हजार २३३ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।







