सिद्धार्थ बैंकले तोक्यो साधारण सभा र बुक क्लोज मिति


काठमाडाँै । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले असोज २८ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ९ बजे २५ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई १३६ दिनको समानुपातिक रूपमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।