काठमाडौँ । नेपाली बजारमा लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलामा १ हजार ३०० रुपैयाँले घटेको सुन आज मंगलबार १ हजार ७०० रुपैयाँले घटेको हो ।
मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २०० रूपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७७५ रूपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ८०५ रूपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३४२.२२ अमेरिकी डलर र चाँदी ६६.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







