रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता


काठमाडौँ । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो ।

फेला परेका मृतकको विवरणमा ५४५ पुरुष, ३३६ महिला तथा ५३० वटा आंशिक मानव अंगहरू रहेका छन् । बाढीमा परेर अझै ५ हजार ७०५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ । संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३६७ जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २३६, रसुवामा २०३, गोरखामा ७९, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ । खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार  ०८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।