काठमाडौँ । कुमारी बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो ।
बैंकले असोज २८ गते, बुधबार, सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण सम्शेर सडक, काठमाडौँमा बिहान ११ बजे २६ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको २.०१५६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।









