प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५० करोडभन्दा बढी रकम जम्मा


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी १५ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी मौज्दात छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ रुपैयाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात छ । सबै खातामा गरी १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ रुपैयाँ मौज्दात छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोषमा २० करोड ७२ लाख ५६ हजार ९३१ रुपैयाँ जम्मा भएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।