सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश घोषणा


काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न असोज ३० गते ११ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसअनुसार असोज १६ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।