अक्सिमिटरमा कालोबजारी अभियोगमा एक पक्राउ

0
Shares

नेपाल प्रहरीले अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार दिउँसो सिरहा शुखिपुर घर भएका बिनिता सर्जिकल स्टोरका सञ्चालक ३० वर्षीय भुपनरायण शाहलाई पक्राउ गरेको हो ।

शाहले उक्त स्टोरबाट १ हजार ७०० रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५०० देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गरी कालोबजारी गरेका हुन् ।

साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।