रिलायबल नेपाल लाइफको खुद नाफा २१% ले बढ्यो, २ अर्ब खुद बीमाशुल्क संकलन

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुल्क संकलनलाई ८९.०६ प्रतिशतले बढाएको छ ।

चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब २० करोड ४४ रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले २० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १६ करोड ७० लाख रुपैयाँ कमाएको रिलायबलको नाफा २१.८० प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जार पछि चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा ८२ करोड ३२ लाख कायम भएको छ । कम्पनीको जीवन बीमा कोष १३२.२५ प्रतिशतले बढेर २ अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.९१ रुपैयाँबाट बढेर १९.३८ रुपैयाँ पुगेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६४.३५ रुपैयाँ छ ।

रिलायबल नेपालले लगानी कर्जा तथा अन्यबाट कम्पनीले २६ करोड ९० लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ३२ करोड ३४ करोड ७३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब २१ करोड ५६ लाख ७३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले ३२ लाख ५ हजार ५३४ कुल बीमालेख जारी गरी हालसम्म ५ अर्ब ७१ करोड ८३ लाख ९० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।