साताभर सुन तोलामा ४५ सयले घट्यो, ३ लाखबाट तल झर्यो भाउ


काठमाडौँ । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले घटेको हो ।

गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछिको शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार भने सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार भने सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार पुनः घटेर ३ लाखबाट तल झरेको थियो । बिहीबार सुन तोलामा ३ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भई यो साताका लागि कारोबार बन्द भएको हो ।

अन्तराष्ट्रिय बजारमा देखिएको उत्तरचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उत्तरचढाव देखिएको हो । नेपालमा अन्तरराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

यो साता चाँदीको मूल्यमा पनि उत्तरचढाव कायमसँगै गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो शुक्रबार सम्ममा चाँदी तोलामा १५५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार गत शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ६२० रुपैयाँमा झरेको हो ।

साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार भने चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एकैदिन तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भई यो साताको कारोबार बन्द भएको हो ।

प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार  ०९ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।