नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, खुद बीमाशुल्क ३५.२८% ले बढ्यो

0
Shares

नेपाल इन्स्योरेन्स (NICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा २६.८८ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले ५८ करोड १८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ४३ करोड १ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीको खुद बीमाशुल्क ३५.२८ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९.७२ रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीले जगेडा कोषको आकार ३४ करोड ५८ लाख रुपैयाँबाट बढाएर ४० करोड १७ लाख रुपैयाँ कायम गरेको छ । यससँगै कम्पनीको प्रतिशेयर नेटवर्थ १७९.०१ रुपैयाँ पु्गेको छ ।

कम्पनीले पुनर्बीमा व्यवसायबाट ११ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले यस शीर्षकबाट १२ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चैत मसान्तसम्ममा कम्पनीले ४ हजार ६०४ वटा बीमालेख वापत ४८ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गर्दा २ हजार ६९४ संख्याको दाबी वापत ८२ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

१ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरेको कम्पनीले ९६ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको ८ हजार ५३३ बीमालेख नवीकरण भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।