दुईदिनमा करिब ९ हजारले सस्तियो सुनको भाउ


काठमाडौँ । नेपाली बजारमा पछिल्लो दुई दिनमा सुनको मूल्य करिब ९ हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलामा ५ हजार रूपैयाँ घटेको सुन मंगलबार ३ हजार ८०० रुपैयाँले घटेको हो ।

मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, दुई दिनमा चाँदीको मूल्य तोलामा २६० रुपैयाँले घटेको छ । सोमबार तोलामा १४५ रुपैयाँले घटेको चाँदी मंगलबार ११५ रुपैयाँले घटेको हो ।

मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२८.३६ अमेरिकी डलर र चाँदी ६०.६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।