साधना लघुवित्तद्वारा एक लाख मूल्यको स्वास्थ्य सामग्री सहयोग

0
Shares

साधना लघुवित्त वित्तीय संस्थाले सामारी टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौँलाई एक लाख रुपैयाँमूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेशम न्यौपानेले नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिए।

“अतिविपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति र मजदूर परिवारलाई सहयोग गर्ने लक्ष्यअनुसार स्थापना भएको सामरी टन ट्रष्टलाई हामीले मास्क, स्यानिटाइजर, पञ्जा, साबुन, फेसशिल्ड सहयोग गरेका हौँ”, उनले भने ।

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समुदायको मनोबलमा थप योगदान पुग्ने विश्वास समेत लिइएको छ । वित्तीय संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत गर्ने सीईओ न्यौपानेले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।