आइसिएफसी फाइनान्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित


काठमाडौँ । आइसिएफसी फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८३/८४ को लागि बाह्य लेखापरीक्षकमा एस।ए।आर।एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । साधारण सभाबाट पारित नगद लाभांश आजै शेयरधनीको सम्बन्धित खातामा जम्मा गरिने फाइनान्सले जानकारी गराएको छ ।

चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत सेवा दिदैं आएको छ । संस्थाले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड निक्षेप संकलन र १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।