काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दसैँ तथा तिहारको उमंग’ योजना सार्वजनिक गरेको छ । कम्पनीले देशभर रहेका आफ्ना २८ वटा शोरुममार्फत उक्त योजना सञ्चालनमा ल्याएको जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकले घरायसी विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, निश्चित उपहार र भाग्यशाली चिठ्ठामार्फत विभिन्न उपहार जित्ने अवसरसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
हाल देशभर सञ्चालनमा रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड शप शोरुममार्फत ग्राहकले एलजी, सीजी, टीसीएल, गोदरेज, माइडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, इलिका, सीजी मेरिडिया, ब्ल्याक प्लस डेकर र बर्लीका उत्पादन खरिद गर्न सक्नेछन् । त्यस्तै, नथिङ, मोटोरोला र एआई प्लसका मोबाइलसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
दसैँ–तिहार योजनाअन्तर्गत भाग्यशाली चिठ्ठामार्फत ६ जना विजेता छनोट गरिनेछ । उनीहरूले विभिन्न स्मार्टफोन तथा अन्य उपहार जित्ने अवसर पाउनेछन् ।
योजनाअन्तर्गत ८ तथा ९ किलोग्राम क्षमताका वासिङ मेसिन खरिद गर्दा ६ किलोग्राम सर्फ एक्सेल र १० किलोग्राम क्षमतासम्मको वासिङ मेसिन कभर निःशुल्क उपलब्ध गराइनेछ । डिशवासर खरिदमा दुईवटा वासिङ ट्याब्लेट निःशुल्क दिइनेछ ।
त्यस्तै, ४३ इन्चदेखि ६५ इन्चसम्मका एलईडी टेलिभिजन खरिद गर्दा भित्तामा जडान गर्ने ब्राकेट निःशुल्क उपलब्ध हुनेछ । एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइने कम्पनीले जनाएको छ ।
ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा, पुरानो सामान साटेर नयाँ खरिद गर्ने तथा किस्ताबन्दी सुविधा, निःशुल्क ढुवानी, योग्य उत्पादनमा सटही बोनस, रोकथाममूलक मर्मतसम्भार सेवा र नियमित ग्राहक पुरस्कार कार्यक्रमलगायतका सुविधा पनि पाउनेछन् ।
सीजी डिजिटलले ‘एउटै छानामुनि सबै ब्रान्ड’ अवधारणाअनुसार एउटै स्थानमा विभिन्न ब्रान्ड तथा उत्पादन तुलना गरी आवश्यकताअनुसार छनोट गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी डिजिटलका देशभर २८ वटा शोरुम सञ्चालनमा छन् । ती शोरुममार्फत विभिन्न ब्रान्डका उत्पादन, छुट तथा बिक्रीपछिको सेवा उपलब्ध गराइँदै आएको कम्पनीको भनाइ छ । योजनाअन्तर्गत ग्राहकले टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिशवासर, माइक्रोवेभ, एयर फ्रायर, भ्याकुम क्लिनर तथा भान्सामा प्रयोग हुने विभिन्न विद्युतीय उपकरण खरिद गर्न सक्नेछन् ।
योजनाका विस्तृत नियम तथा सर्तबारे नजिकको सीजी डिजिटल शोरुमबाट जानकारी लिन सकिने कम्पनीले जनाएको छ । केही छुट तथा उपहार निश्चित उत्पादन र अवधिमा मात्र लागू हुनेछन् ।









