हाथवे इन्भेष्टमेन्टको सेयर बिक्रीसम्बन्धी पत्र नक्कली भएको स्पष्टीकरण


काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नाम, लेटरहेड, छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी सामाजिक सञ्जाल तथा केही अनलाइनहरूमा फैलाइएको शेयर बिक्रीसम्बन्धी पत्र पूर्ण रूपमा नक्कली भएको बताएको छ।

नियामक धितोपत्र बोर्ड तथा नेप्सेमा जालसाजी गर्नेहरूविरुद्ध उजुरी दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै कम्पनीले यस्ता अप्रमाणित र भ्रामक हल्लाको पछि नलाग्न शेयरधनी तथा लगानीकर्ताहरूलाई अनुरोध गरेको हो ।

सामाजिक सञ्जालमा कम्पनीका शेयरधनी अम्बिकाप्रसाद पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता शेयर बिक्री गर्न लागेको भनी भ्रमपूर्ण पत्र सार्वजनिक गरिएको थियो। यस सम्बन्धमा कम्पनीले कुनै पनि पत्र जारी नगरेको र पौडेलबाट समेत शेयर बिक्री गर्ने मनसायको कुनै निवेदन प्राप्त नभएको जनाएको छ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।