काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को ‘लकइन’अवधि कात्तिक १६ गतेपछि समाप्त हुने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ४२ लाख ९० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको थियो ।
६ महिनाको लकइन अवधि समाप्त भएपछि उक्त कोषहरूको स्वामित्वमा रहेको २ लाख १० हजार ९६५ कित्ता सेयर फुकुवा हुनेछ । परिपक्व भइसकेका २ वटा योजनाको ३ हजार ५३५ कित्ता सेयर यसअघि नै फुकुवा भइसकेको छ ।







