चैतसम्म ३.१८ खर्बको धितोपत्र सूचीकरण, २९.२१ अर्बको निष्काशन अनुमति

0
Shares

चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिना अवधिमा धितोपत्र बजारमा ३ खर्ब १८ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् भने नियामक निकाय नेपाल धितोपत्र बोर्डले २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ को ९ महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ३९ अर्ब ४७ करोड रुपैयाँ बराबरको साधारण शेयर, ३८ अर्ब ११ करोड बराबरको बोनस शेयर, १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर, ३ अर्ब ९२ करोड बराबरको हकप्रद शेयर र २ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर, ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर, ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र २ अर्ब ४८ करोड बराबरको हकप्रद शेयर गरी कुल २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ चैतसम्ममा सूचीकृत ५ अर्ब ५७ करोड ७० लाख कित्ता शेयरको चुक्ता मूल्य ५ खर्ब ५७ अर्ब ७० करोड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।