सेयर बजारमा सामान्य सुधार कारोबार रकम पनि बढ्यो


काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सामान्य सुधार आएको छ । बिहीबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयरहरू ५१ हजार ७४५ पटक किनबेच हुँदा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्से ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको थियो ।

बिहीबार विकास बैंक समूह १२.१९ अंकले बढेको बजारमा वाणिज्य बैंक समूह ५.९२ अंकले, वित्त समूह ४.२३ अंकले र जलविद्युत समूह १.३० अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

सिन्धु विकास बैंकको सेयर मूल्य १०.११ प्रतिशतले बढेको बजारमा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.३५ प्रतिशतले, इमर्जिङ नेपालको सेयर मूल्य ७.७१ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ७.५८ प्रतिशतले र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य ६.०६ प्रतिशतले बढेको छ ।

यता, सयपत्री हाइड्रपावरको सेयर मूल्य सबैभन्दा बढी ९.६६ प्रतिशतले घट्दा स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.३३ प्रतिशत, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ४.०४ प्रतिशत र स्नो रिभर्सको सेयर मूल्य ३.९९ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमको आधारमा सिद्धार्थ बैंक ३० करोड ५३ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याका आधारमा घलेम्दी हाइड्रो ६ लाख ७६ हजार ५१९ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा हाथवे इन्भेष्टमेन्ट २ हजार ३३२ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।