लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क २२% ले बढ्यो, नाफा पौने १४ करोड

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरको छ । 

गत आर्थिक वर्षको यसै अवधिमा ४३ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा २२.१३ प्रतिशतले वृद्धि भएको हो ।

चैत मसान्तसम्म कम्पनीको खुद नाफा पनि ११.३९ प्रतिशतले बढेर १३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १६.०८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९५.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.७५ गुणा छ ।

कम्पनीले जगेडा कोषको आकार पनि २८ करोड ९३ लाखबाट बढाएर ३० करोड ३१ लाख रुपैयाँ, बीमा कोष ६० करोड २५ लाखबाट बढाएर ७१ करोड ६५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोष ५ करोड ५९ लाखबाट वृद्धि गरेर ६ करोड ६७ लाख रुपैयाँ सञ्चित गरेको छ ।

चालु आवको ९ महिना अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत ११ करोड ९२ लाख, लगानी कर्जा तथा अन्यबाट ४ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको यस अवधिमा इन्स्योरेन्सले १ लाख १९ हजार ३ वटा बीमालेख जारी गरी १ अर्ब १ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले ४ हजार ९७० वटा दाबी बापत ७७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ७५० वटा दाबी बापत ८७ करोड ५९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहिबार  १४ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।