नेपाल बङ्गलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर सरकारलाई सहयोग

0
Shares

नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसँग मिलेर आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ ।

नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै बैंकले उक्त सहयोग गरेको हो ।

उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आईएफआईसी बैंकको सहयोगमा बैशाख २८ गतेमा हस्तान्तरण गरिएको थियो ।

साथै बङ्गलादेश सरकारले पनि थप ५००० भायल रेम्डेसिभिर औषधि सहयोग स्वरुप प्रदान गरिएको र उक्त औषधि बङ्गलादेश बाट नेपालका लागि पठाईसकेकोे छ ।

यसअघि पनि नेपाल बङ्गलादेश बैकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंक र बङ्गलादेशको बेक्सीम्को फर्मास्यूटिकल कम्पनी सँग मिलेर ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।

बैकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।