नाडेप लघुवित्तले डाक्यो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) ले जेठ २३ गते आइतबार संस्थाको छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले यसअघि जेठ ७ गते सभा आह्वान गरेकोमा विश्वब्यापी कोरोना संक्रमणको महामारीको दोस्रो लहर सुरु भएकाले रद्द गर्दै २३ गते पुनः सभा बोलाएको हो ।

लघुवित्तले जेठ २३ गते आइतबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट, नागार्जुन काठमाण्डौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा डाकेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ बाट लगानीकर्तालाई कुनपनि लाभांश वितरण नगर्ने भएको छ ।

सभाले नाडेप लघुवित्त, डिप्रोक्स लघुवित्तसँग विलय प्रकृयामा जाने सम्झौता गरिसकेकाले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरुको अनुमोदन गर्ने, नियामकीय निकायको निर्देशन बमोजिम प्राप्ती सम्बन्धी कार्यका लागि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायत अन्य आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसैगरी लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतको एजेण्डाहरु पनि सभामा रहेका छन् ।

मर्जर प्रकृया कारण लघुवित्तको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेकाले सोभन्दा अघिल्लो दिनसम्म शेयरधनी कायम रहेका लगानीकर्ताले साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार  १३ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।