
युनाइटेड मोदी हाइड्रोपावरको नाफा ३०.५९ प्रतिशतले बढेको छ ।
गत आवको यसै अवधिमा ४ करोड ४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले ५ करोड २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा हो ।
चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको वािर्षक प्रतिशेयर आम्दानी ६.१२ रुपैयाँ रहेको छ ।
कम्पनीको विद्युत बिक्री आय गत आवको यसै अवधिमा २३ करोड ५२ लाख २१ हजार रुपैयाँ रहेकोमा ८८ लाख ७० हजार रुपैयाँ रहेकोमा ३.७७ प्रतिशतले घटेर २२ करोड ६३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा जगेडा कोषमा ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०५.७२ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३०.३९ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया