सानिमा लाइफको तेस्रो वार्षिक साधारण सभा आह्वान, ६० करोडको आईपीओ जारी गर्ने

0
Shares

सानिमा लाइफ इन्स्योरेन्सले जेठ २३ गते आइतबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको वैशाख ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो ।

सभा कम्पनीको प्रधान कार्यालय, कमलादी काठमाडौँमा बिहान ११ः०० बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बरारबरको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७५/२०७६ लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा, नोक्सान हिसाब तथा हिसाव नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

सभामा अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने सामान्य प्रस्ताव पेश हुदै छ ।

विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।