जनतालाई कोरोनाबाट मुक्त गर्न ध्यान केन्द्रीत गर्छौंः उपप्रधानमन्त्री

0
Shares

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताए ।

‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रीत हुन्छौं’– सिसिएमसीका संयोजक समेत रहेका पोखरेलले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार नै पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा कोरोना संकटबाट जनतालाई मुक्त गर्न सरकार केन्द्रीत हुने कुरामा जोड दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यो अभियानमा साथ दिन सम्पूर्ण नेपालीहरुलाई आह्वान गरेको प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७८, आइतबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।