‘भेन्टिलेटर ,एचडियू र  आइसियूका शय्या चाहिए बिएण्डसी आउनू’

0
Shares

कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर  झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा  उच्च छ ।   दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक पूर्वाधार र  अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून  रहेको  जिकिर गरिएको छ ।

अहिले अस्पतालमा  प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी  काठमाडौँ, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा,  चितवन , कास्की , बाँके, मुगु, डोटी र  कैलाली लगायत जिल्लाका  सङ्क्रमित उपचाररत  छन् ।

महँगो  ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले  सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौं सहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष  (आइसियू) तथा अक्सिजनका चरम अभाव हुन थालेपछि  सङ्क्रमित बिएण्डसीमा उपचारार्थ जानेक्रम जारी छ ।   

अहिले भर्ना भएका सङ्क्रमितका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ ।  

शनिबार मात्र जनता बैंकका पूर्व अध्यक्ष एवम् ग्लोबल बैंकका निर्देशक केशव रायमाझी र उनकी पत्नी पवित्रा  ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ  ।

बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च  र जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ ।  
 
विज्ञप्तिमा भनिएको छ “अस्पतालमा कोरोनाका सङ्क्रमितका लागि  अतिआवश्यक पर्ने भेन्टिलेटर, एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म  अभाव  छैन । बिरामीका जीवन बचाँउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौँ  । ” अस्पतालले  सङ्क्रमितलाई उपचार गर्न  हाल २०० श्यया सञ्चालनमा ल्याएको छ  ।

‘हवाई  लिफ्ट’ गरी सङ्क्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो । आवश्यकता परेमा श्यया थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तीम तयारी भइरहेका  विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा मौज्दात  रहेका ६५ भेन्टिलेटर सहित आइसियू मध्ये गम्भीर सङ्क्रमितका लागि छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ ।  

अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल ९०० श्यया छ । “ महामारीसँग जुध्न ’¥यापिड रेस्पोन्स टिम’ सक्रिय छ । अस्पताल आउने सङ्क्रमित वृद्धि भएमा आवश्यक प¥यो भने सबै श्यया उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको छ । ”कार्यकारी निर्देशक प्रसाईँले भन्नुभयो ।
विशेष गरी कोभिडका बिरामीलाई  क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहनुभएको अस्पतालले जनाएको छ ।

  • स्वास्थ्य सङ्कटकाल घोषणा गर्न माग

विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले स्वास्थ्य  स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । उनले यसका साथै बिदामा रहेका र सरकारी सेवाबाट अवकाश लिएका   चिकित्सक  अन्य स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणमा जुट्न  आह्वान  गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ  “देशव्यापि स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न अब सरकारले ढिलाइ गर्नु हुँदैन ।  महामारी नियन्त्रणमा सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो  ”

कार्यकारी निर्देशक  प्रसाईँले  सङ्क्रमितका उपचारमा बिएण्डसीले आफ्नो  उपलब्ध स्रोत साधनले भ्याएसम्म उच्च प्राथमिताका साथ भगीरथ  प्रयास गरिरहेको र  राज्यलाई आवश्यक परेमा अस्पताल नै प्रदान गर्ने अ तयार रहेको विज्ञप्तिमा जनाएका छन् ।

उनले भनेका छन् ,“विपद्का समयमा राज्यले के दियो र के ग¥यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन, आफूसँग भएका स्रोत र साधन प्रदान गर्न तयार छु ।” अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०/७० सङ्ख्यामा सिटिस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।

पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौं आउनुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ ।

कार्यकारी निर्देशक प्रसाईँले  भन्नुभयो “हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पठनपाठन गराउने क्षमतामा राख्छौँ । भविष्यमा विशिष्टिकृत अध्ययन एमडी/एमएससमेत अध्यापन गराउन  सक्छौँ । हामी तयारीमा जुटिरहेका छौँ ।” ती अध्यापनका लागि कलेज सम्बन्धन पखाइमा छ ।  स्वीकृति पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा वार्षिक राजश्व  पाउने जनाइएको छ  । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।