नागरिक लगानी कोषको साढे ३ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा

0
Shares

नागरिक लगानी कोष (CITPO) को ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ ।

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको उक्त संस्थापक शेयर जेठ २ गते आइतबार देखि लिलामी बिक्रीमा ल्याएको हो ।

बैंकले लिलामीमा ल्याएको सीईआटीको उक्त संस्थापक शेयरको न्यूनतम मूल्य १ हजार ३६६ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले आवेदन गर्दा न्यूनतम मूल्य वा सो भन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्न सक्नेछन् ।

उक्त शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेक अन्य कम्पनी तथा व्यक्तिहरुले बोलकबोल गर्न पाउने छैनन् । 

इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले जेठ २७ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने गरी लिलामी खुला गरिएको अधिकतम सम्पूर्ण कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

बोलपत्र फारम बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौं, बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली काठमाण्डौ, र विराटनगर ३ मोरङ, आदर्शनगर वीरञ्ज पर्सा, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेतका शाखा कार्यालयहरुबाट आवेदन फारम प्राप्त गर्न तथा बुझाउन सकिने उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ जेष्ठ २०७८, आइतबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।