काठमाडौँ। एक महिना भित्र ३ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । लकइन अवधि सकिएपछि ती सेयर कारोबारका लागि योग्य हुन्छन् ।
संस्थापक, प्रभावित स्थानीय तथा म्युचुअल फन्डले होल्ड गरेका विभिन्न कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो ।
सोपान फर्मास्युटिकल्सको म्युचुअल फन्डका लागि बाँडफाँड भएको २ लाख १४ हजार ५ सय कित्ता सेयरमा कात्तिक १६ गते लकइन अवधि सकिँदैछ ।
त्यस्तै चिरख्वा हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको सेयरमा कात्तिक १४ गते लकइन अवधि सकिँदैछ । कम्पनीको कुल ३० लाख २० हजार ७ सय कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।
त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीयको गरी कुल ८४ हजार ९० हजार ८ सय कित्ता सेयरमा कात्तिक २ गतेदेखि लकइन अवधि सकिँदैछ ।







