दशैँको अवसरमा अनर नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट


काठमाडौँ । बडादसैँको अवसरमा अनर स्मार्टफोनको आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रालिले देशभरका ५०० प्रमुख खुद्रा बिक्रेतासँग केक काटेर शुभकामना आदानप्रदान गरेको छ ।

कम्पनीको टोली विभिन्न खुद्रा पसलमा पुगेर केक काट्नुका साथै दसैँको शुभकामना साटासाट गरेको थियो । आफ्नै पसलमा कम्पनीको टोली पुगेर विशेष कार्यक्रम आयोजना गरेपछि खुद्रा विक्रेता उत्साहित भएको कम्पनीले जनाएको छ ।

अनर स्मार्टफोनको बजार विस्तारमा खुद्रा विक्रेताको योगदानको कदर गर्दै कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ । खुद्रा विक्रेतासँगको व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने र नेपाली बजारमा अनर ब्रान्डको उपस्थिति विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।