विराटनगर । सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित ‘सिजी डिजिटल’ ले कोशी प्रदेशको राजधानी विराटनगरमा आफ्नो २८औँ तथा नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुम सञ्चालनमा ल्याएको छ।
नयाँ शोरुमको नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटनसँगै विराटनगर तथा आसपासका ग्राहकहरूले विश्वस्तरीय ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू एउटै छानामुनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
हाल देशभर २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड सप गरी सिजीका २८ वटा शोरुम सञ्चालनमा छन्। विराटनगर शोरुममा एलजी, सिजी, टिसिएल, गोदरेज, माइडेया, क्रोम्पटन, ब्ल्याक प्लस डेकरका घरायसी उपकरणहरूका साथै नथिङ, मोटोरोला जस्ता ब्रान्डका मोबाइल फोनहरू उपलब्ध छन्।
शोरुम शुभारम्भ तथा विजया दशमीको अवसर पारेर कम्पनीले विभिन्न आकर्षक ग्राहक योजनाहरू सार्वजनिक गरेको छ। जसअन्तर्गत ग्राहकले ‘स्पिन एन्ड विन’ मार्फत ३० प्रतिशतसम्म तत्काल छुट पाउनेछन् भने ‘बम्पर लक्की ड्र’ मार्फत ५ जनालाई मोबाइल फोन प्रदान गरिनेछ। यसका साथै प्रत्येक खरिदमा पक्का उपहार, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी तथा पुराना उपकरण साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधासमेत उपलब्ध गराइएको छ।







