पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने, जेठ ९ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) ले कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीले एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्नको लागि जेठ ९ गते आइतबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन वाणिज्य बैंकहरुसँग प्रस्ताव मागेको हो।

कम्पनीले कति रकम मुद्धती लगानी गर्न चाहेको भने खुलाएको छैन । कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने रकम उल्लेख गर्दा बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उललेख नगरिएको पुर्नबीमा कम्पनीले जनाएको छ ।

इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको पूँजी कोष अनुपात, निष्कृष्य कर्जा सिडि रेसियो, तरल सम्पत्ति।स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप रुपैयाँमा, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिललो पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका र अन्य खुलाउन पर्ने कुराहरु केही भए खुलाउनुपर्नेछ ।

साथै कम्पनीले मुद्दतीमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै निक्षेप रकम फिर्ता वा मुद्दती निक्षेप धरोटी राखि ऋण लिनुपर्ने अवस्थाको शर्त एंव सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनका लागि भनेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।