नेपाल सेवा लघुवित्तले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव पारित गर्दै

0
Shares

नेपाल सेवा लघुवित्त (NSEWA) ले जेठ २४ गते सोमबार बिहान ११ बजे छैठौ साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा भर्चुअल माध्यमबाट सभा बोलाएको हो ।

सभामा नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था मर्जरलाई स्वीकृत गर्ने, दायित्व मूल्यांकन प्रतिवेदनबाट प्राप्त शेयर आदान-प्रदान रेसियो स्वीकृत गर्ने, र मर्जर पश्चात कायम हुने संस्थाको सञ्चालक चयन गर्नेर विन लघुवित्तबाट नियुक्त सञ्चालकलाई पदस्थापन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा रहेको छ ।

यसैगरी व्यवसायीक योजना तथा प्रक्षेपण चल अचल सम्पति र डिडिए गर्न नियुक्त लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन तथा परिमार्जन गर्न अख्तियारी दिने, अन्य संस्थासँग मर्जर तथा प्राप्ती गर्न समेत सञ्चालक समितिलाई अधिकार दिने एजेण्डा छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । तर नेपाल सेवा लघुवित्त र विन लघुवित्त बीच एक आपसमा गाभ्ने गाभिने विषयमा सहमती भइसकेपछि २०७७ पुस १ गतेबाट शेयर कारोबार रोक्का रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७८, सोमबार  १३ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।