सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३८.१८ अमेरिकी डलर र चाँदी ५३.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहिबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।