युनियन लाइफको आइपीओलाई ‘ट्रिपल बि रेटिङ’

0
Shares

युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि रेटिङ’ दिएको छ ।

इन्स्यारेन्सले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नका लागि इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको हो ।

इक्राले दिएको ट्रिपल बि रेटिङ्गले कम्पनीको आधारभुत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सले आईपीओ निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । आईपीओ निष्काशन गर्न इन्स्योरेन्सले धितोपत्र बोर्डमा आवेदन दिन बाँकी छ ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड २५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको छ । कम्पनीले ३४ हजार ८४० वटा बीमालेख जारी गरेको छ ।

इन्स्योरेन्सका देशभरिका २०२ मार्फत जीवन बीमा सेवा दिँदै आएको छ । युनियन लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हो । कम्पनीमा ५० हजार व्यक्तिगत अभिकर्ताहरु रहेका छन् । जसमध्ये १४ हजार अभिकर्ता सक्रिय छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।