अपि पावरद्धारा स्वास्थ्य सामाग्री वितरण

0
Shares

अपि पावर कम्पनी (API) ले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  विश्वब्यापी महामारी कोभिड १९ तीव्र रुपमा फैलिरहेको अहिलेको महामारीको अवस्थामा केही सहयोग पुर्याउने उद्देश्यले कम्पनीले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले सम्बन्धित निकायहरूलाई स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

कम्पनीले दार्चुला जिल्लाको मार्मा गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान अक्सिजन सिलिण्डर र जिल्ला प्रहरी कार्यालय दार्चुलालाई १५ थान अक्सिजन सिलिण्डर गरी कूल ३५ थान अक्सिजन सिलिण्डर वितरण गरेको हो ।

यसका साथै, कम्पनीले मार्मा गाऊँपालिका वडा नं २ लाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ ।

अपि पावर कम्पनी लिमिटेडले दार्चुला जिल्लामा ४० मेगावटको माथिल्लो चमेलिया आयोजना निर्माण गरिहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।