एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई अनलाईन मार्फत खरिद गर्न सकिने

0
Shares

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ ।

विश्वमहामारी कोभिड १९ को दोस्रो र तेस्रो लहरको संक्रमणका बीच एनआईसी एशिया क्यापिटलले ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ को इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने व्यवस्था मिलाईएको हो ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले दिन प्रतिदिन कोरोना संक्रमण देशव्यापी रुपमा फैलिरहेको र उक्त संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा लगानीकर्ताहरुले योजनाको इकाई सहजै रुपमा खरिद गर्ने अवसर प्राप्त होस भन्ने मुख्य उद्देश्यका साथ अनलाईन मार्फत इकाई खरिद गर्ने व्यवस्था मिलाइएको बताए ।

इकाई खरीदको रकम पनि घरमा नै बसेर विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ । जसका लागि हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एनआईसी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने व्यवस्था गरिएको छ ।

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै र मा क्लिक गरि युनिट पर्चेज भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ ।

डाइनामिक डेप्ट फण्ड नेपालमै पहिलो पटक निश्चित् आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना हो ।

इकाईका सम्बन्धमा थप जानकारी आवश्यक परेमा क्यापिटलको आधिकारीक मोवाईल नं. ९८५११२१९६४ मा सोझै सम्पर्क गर्न सकिने व्यहोरा समेत जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।