काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । मेलाको अन्तिम दिन बुधबार ६ हजार ५८१ जनाले मेला अबलोकन गरेको तथा २४ लाख ९० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको फ्यान सचिवालयले जानकारी दिएको छ ।
मेला अबधीमा मौसममा आएको प्रतिकूलता हुँदा हुँदै पनि कारोबार र अबलोकनकर्ताको उपस्थिती सोचे अनुरुपनै भएको मेला संयोजक सुमन महर्जनले बताए । प्रदर्शनीको पहिलो दिन ८ हजार ९००, दोस्रो दिन ४ हजार २००, तेस्रो दिन १० हजार ७००, चौथो दिन ७ हजार २५० र पाँचौ दिन ६ हजार ७५६ जनाले मेला अबलोकन गरेका थिए । मेलाको पाँचौं दिन २१ लाख ५० हजारको कारोबार भएको थियो । बुधबार मेलाको छैटौ तथा अन्तिम दिन २४ लाख ९० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ ।
मेलाको समापनको दिन मेलामा सहभागि पुष्प ब्यबसायीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो । आउँदै गरेको शुभदिपावलीको पावन अबसरमा फ्यानका सदस्य पुष्प ब्यबसायीहरु बीच साँस्कृतिक कार्यक्रम गर्दै शुभकामना आदान प्रदान गरिएको थियो । बिभिन्न लोक कलाकारहरुले मेला स्थलमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।







