नयाँ अईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान


काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई आज बुधबार दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृह मन्त्रालयमा साँझ करिब ५ः३० बजे आयोजना हुने समारोहमा गृहसचिव केदारनाथ शर्माले केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।

मन्त्रिपरिषद्ले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेपछि डा। केसी नयाँ प्रहरी प्रमुख नियुक्त भएका हुन्।

नवनियुक्त आईजीपी केसीले आगामी १७ महिनासम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।