सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔं अझै झिलिमिली र विशेष


काठमाडौँ । नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको अवसरमा सीजी इलेक्ट्रिकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

‘उज्यालो भनेकै सीजी एलईडी’ भन्ने नारासहित कम्पनीले यस पर्वमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई जोड दिएको छ । दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग सम्बन्धित छ। यी दुवै पर्वले आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गर्छन् ।

सीजी इलेक्ट्रिकले उपभोक्ताको दैनिक जीवनलाई सहज र सुविधाजनक बनाउने उद्देश्यले विभिन्न प्रकारका गुणस्तरीय एलईडी लाइटिङ तथा विद्युतीय उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीका एलईडी उत्पादनमा वाइड भोल्टेज रेन्ज, लङ सर्भिसिङ लाइफ, वाइड बिम एङ्गल तथा इनर्जी सेभिङजस्ता विशेषता रहेका छन् ।

घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न स्थानमा प्रयोग गर्न सकिने सीजी एलईडीका उत्पादनले प्रभावकारी प्रकाशसँगै ऊर्जा बचतमा समेत सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

तिहारमा घर सजाउने, दियो तथा बत्ती बाल्ने र आफन्तसँग खुसी साटासाट गर्ने परम्परालाई थप उल्लासमय बनाउन सीजी एलईडी प्रभावकारी विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ । विशेषगरी लक्ष्मीपूजाका दिन घरलाई झिलिमिली बनाउन यसको आधुनिक प्रकाश समाधान उपयोगी हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, सीजी एलईडीका उत्पादनमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध रहेको छ। यसले उपभोक्तालाई गुणस्तर र विश्वसनीयताको थप भरोसा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

सीजी इलेक्ट्रिकले यस पर्वले हरेक नेपालीको घर तथा जीवनमा खुसी, उमङ्ग, सकारात्मकता र समृद्धिको उज्यालो छर्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।