घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित


चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भइको थियो ।

   पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिए । 

     मुग्लिन र धादिङ तर्फबाट छ वडा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो । उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । गए राति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको हो । 

पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।